
२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् ।
उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।
यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसलगत्तै राति ९ बजे उनी पक्राउ परेका थिए ।
आफ्नै कोठाबाट पक्राउ परेका रविलाई आज विमान मार्फत रुपन्देही लैजाने तयारी गरिएको छ ।
प्रतिक्रिया 4