+
+
Shares

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते ८:३८
सांकेतिक तस्वीर

२३ चैत, विराटनगर । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै  मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी  पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो ।

दुर्घटना लगतै स्थानीयले दुवै जनालाई  उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमै उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै जनाको शव  पाेष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएकाे छ ।

रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?