+
+
Shares

पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते ८:५९

२३ चैत, पाल्पा । शुक्रबार पाल्पा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्धारित कार्यक्रम थियो पाल्पा अस्पतालको निरीक्षण । उनी तोकेको समयभन्दा साढे तीन घण्टापछि अस्पताल पुगे । त्यसैले उनले अस्पतालको निरीक्षणमा पाँच मिनेटमात्रै खर्चिए ।

दोस्रो तानसेन महोत्सव समुद्घाटनपछि दिउँसो तीन बजे अस्पताल निरीक्षणको कार्यतालिका सार्वजनिक भएको थियो । साढे तीन घण्टा ढिलोगरी अस्पताल पुगेका मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए ।

मन्त्रीले अस्पताल सबै कक्ष पुगेर समस्या र गुनासो सुनेर समाधानका लागि बचन देलान भन्ने अस्पताल प्रशासनको आशा थियो तर त्यो हुन नसकेको गुनासो कर्मचारीहरूको छ ।

‘युवा, त्यमाथि धेरै राम्रो काम गरेको चर्चा थियो । उहाँ आएर राम्रो सम्बोधन गर्नुहोला भन्ने आशा पनि लिएका थियौं तर आगो लिन आए जसरी आएर जानुभयो । हामी त हेरेको हेर्यै भयौं’, एक कर्मचारीले भने ।

अस्पताल व्यवस्थापन समिति, कर्मचारीसहितको टोलीले मन्त्रीलाई स्वागत गर्नका लागि तीन घण्टादेखि बसेका थिए । तीन बजेदेखि तयारी अवस्थामा हरेका उनीहरुले ६ बजेर ४० मिनेटमा मन्त्रीलाई स्वागत गर्न पाए ।

लुम्बिनी प्रदेशकै पुरानो र भौतिक पूर्वाधारमा कमजोर रहेको पाल्पा अस्पतालमा मन्त्रीको निरीक्षणपछि अस्पतालको पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन र जग्गा व्यवस्थापन जस्ता विषय सम्बोधन हुने अपेक्षा थियो

‘मन्त्री आएर हतार छ, हतार छ, जाऔं-जाऔं  जाउ भन्ने मात्रै सुनियो । महत्वपूर्ण विषयमा सम्बोधन होला भन्ने अपेक्षा थियो । केही कुरै हुन सकेन’, निरीक्षणमा सहभागी एक जनाले भने।

अस्पातल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले समयम अभावले गर्दा मन्त्रीसँ धेरै कुरा हुन नसकेको बताए । तर, मन्त्रीले अस्पतालमै पुगेर वस्तुस्थिति देखेकोले केही सम्बोधन होला भन्ने अपेक्षा गरेको उनले बताए ।

-कमल अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?