+
+
Shares
कनेक्टिङ कर्णाली :

काठमाडौंमा देखिएको जुम्ला (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १०:३०
काठमाडौंमा आयोजित प्रदर्शनीमा राखिएको जुम्ला बजारको तस्वीर ।

२३ चैत, काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको जुम्ला जिल्ला झल्कने गरी शुक्रबारदेखि काठमाडौंमा तस्वीर र भिडियो प्रर्दशनी भइरहेको छ । प्रदर्शनी आज पनि जारी छ ।

संघीय राजधानीदेखि कर्णाली जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शन जारी छ ।

संघीय राजधानीमा कर्णाली प्रदेशका जिल्लाहरुलाई शब्द, चित्र र भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू मार्फत कर्णालीका सम्भावना र सुन्दरतालाई पस्कने क्रममा दैलेख, डोल्पा र मुगुपश्चात जुम्लाको प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा राखिएका केही सांस्कृतिक, प्राकृतिक र धार्मिक पर्यटकी क्षेत्रका तस्वीरहरू :

हवाईजहाजबाट देखिएको हिउँदको समयमा नेपाली भाषाको उद्गमस्थल सिजा उपत्यका ।
ओखलमा विश्वकै अग्लो स्थानम फल्ने मार्सी धान (स्थानीय भाषामा दुम्चे) कुट्दै स्थानीय ।
पञ्चे बाजा बजाउँदै स्थानीय, चाढ पर्वका साथै खुसियाली तथा शुभ कार्यमा बजाउने गरिन्छ ।
नेपाली भाषाको उदगम थलो सिजा उपत्यकामा रहेको कनका सुन्दरी मन्दिर यो मन्दिरमा दसैंमा मेला लाग्ने गर्दछ ।
गुठीचौर गाँउपालिकामा अवस्थित चरन क्षेत्र । यो क्षेत्रमा नेपालकै उच्च स्थानमा भेडापालनको लागि प्रख्यात रहेको छ । यहाँ पालेका भेडाहरको उन स्वदेशमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेको छ । जुम्ला जिल्लाको सदरमुकाम जुम्ला बजारदेखि दुई घण्टाको यात्रा पश्चात पुग्न सकिन्छ ।
जुम्ला जिल्लाको तिला नदिरमा जलयात्रा गर्दै आन्तरिक पर्यटकरु । जुम्ला जिल्लाको सदरमुकाम भएर बग्ने तिला नदी कर्णाली नदीमा मिसिन पुग्दछ ।
जुम्ला जिल्लाको सदरमुकाममा गाईजात्रा मनाउदै । भदौ महिनमा कर्णाली प्रदेशको सबैभन्दा लामो जात्राका लाग्ने गर्दछन । त्यही जात्राको पहिलो दिन गाईजात्रा मनाउँदै स्थानीयहरु । गाईजात्रा देखि सुरुभएको जात्रा कृष्ण अष्टमीको भोली पल्ट समाप्त हुने गर्दछ ।
जुम्ला जिल्लामा रहेको पातारासी हिमाल । यो हिमालमा सधैं हिउ जम्ने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?