+
+
Shares

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा विभिन्न भेटघाटमा सरिक रहे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १२:४५

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।

थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो ।

केहीबेरअघि प्रधानमन्त्री ओली सवार जहाज विमानस्थलमा अवतरण गरेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा विभिन्न भेटघाटमा सरिक रहे ।

उनले हिजो (शुक्रबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?