+
+
Shares

शिक्षकहरूले गरे सडकमा सुतेर प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ चैत २३ गते १३:१७

२३ चैत, काठमाडौ । काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकहरुले आज नयाँ बबरमहल-बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

केही दिनदेखि बबरमहल-नयाँ बानेश्वर सडकमा नारा-जुलुससहित प्रदर्शन गरिएका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् ।

शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् ।

अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूको छ ।

आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारले बोलाएको वार्ता पनि अस्वीकार गर्दै आएका छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?