
२३ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ । बिहानदेखि सुरु भएको मतदान केहीबेरअघि साँझ ५ बजे सकिएको हो ।
काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएपछि मतपेटिका संकलनको काम सुरु भएको छ । निर्वाचन समितिका अनुसार भोलि बेलुकीसम्म मतपेटिका ल्याउने र त्यसपछि गणना सुरु हुनेछ ।
कुल २५ पदका लागि ५७ जना उम्मेद्वार छन् ।
सच्याइएको*
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4