+
+
Shares

किन बाथरुम नै भाडामा लिएर बस्छिन् यी युवती

आफू आफ्नो कार्यस्थलको जीवन तथा बाथरुमको बसाइबाट खुसी रहेको यांगले बताएकी छिन् । यसो गरेर भविष्यमा आफ्नै घर तथा गाडी खरीद गर्नका लागि पैसा जोगाउन सकिनेछ भन्ने उनको विश्वास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते १८:३०
Photo Credit : एआई जेनेरेटेड

२३ चैत, काठमाडौं । मानिसका विभिन्न खालका बाध्यता हुन्छन् । तर बाध्यता त्यस्तो पनि नहोस् कि को मानिस ट्वाइलेटमै बस्नको लागि अभिसप्त होस् !

चीनमा एकजना युवतीको जीवनमा यस्तै भइरहको छ । उनी आफ्नै कार्यस्थलको बाथरुममा बस्ने गर्छिन् । त्यसका लागि उनले अफिस मालिकलाई भाडा पनि तिर्ने गरेकी छिन् ।

१८ वर्षकी यांग नामक ती युवती एक फर्निचर पसलमा काम गर्दछिन् । उनलाई प्रतिमहिना ६.४७ युआन अर्थात् करीब ८ सय रुपैयाँ शुल्क लिएर उक्त फर्निचर पसलका मालिकले त्यहाँको बाथरुम भाडामा दिएका छन् ।

हुन त यांगले प्रतिमहिना २७.१७ युआन भाडा तिर्ने बताएकी थिइन् । तर फर्निचर पसल सञ्चालकले निकै कममात्रै भाडा लिए । अर्थात् उनले भाडाको नाउँमा केवल बिजुली र पानीको पैसा मात्रै तिरे पुग्नेछ ।

यांग पहिले फर्निचर पसलको मालिककै घर बस्थिन् । उनलाई त्यहाँ सुत्न असहज महसुस हुन्थ्यो, किनकि त्यहाँ ढोका थिएन । त्यसैले मालिकको घरको ढोकाविहीन कोठामा सुत्नुभन्दा बाथरुममै सुत्नु उनलाई राम्रो लाग्यो ।

उनले प्रतिमहिना कमाउने रकममध्ये निकै कममात्रै खर्च गरेर अधिकांश रकम बचत गर्ने गरेकी छिन् ।

सोसल मिडिया प्लाटफर्म डोयिनमा उनले बाथरुममा आफ्नो दैनिक जीवनका भिडियो पोस्ट गर्ने गर्छिन् । त्यहाँ उनका हजारौं फलोअर्स छन् । बाथरुममा एउटा ठूला कपडा उनले झुण्डाएकी छिन् र सुत्नका लागि ढोकासँगै टाँसेर फोल्डिङ बेड राखेकी छिन् ।

उनले त्यहीँ बाथरुममै खाना बनाउने र खाने गर्छिन् । नुहाई धुवाईका लागि पनि त्यहीँ बाथरुम प्रयोग हुन्छ ।

तर जब उनी दिउँसो फर्निचर पसलमा काम गर्न जान्छिन् तब आफ्ना सबै सामान प्याक गर्छिन् । ताकि ग्राहक तथा अन्य कर्मचारीले उक्त बाथरुम प्रयोग गर्न सकून्।

उनका अनुसार बाथरुममा उनका निजी सामानहरु देखेर ग्राहकहरू अचम्ममा पर्दछन् ।

आफू आफ्नो कार्यस्थलको जीवन तथा बाथरुमको बसाइबाट खुसी रहेको यांगले बताएकी छिन् । यसो गरेर भविष्यमा आफ्नै घर तथा गाडी खरीद गर्नका लागि पैसा जोगाउन सकिनेछ भन्ने उनको विश्वास छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?