+

आईपीएलमा दिल्लीको अपराजित यात्रा कायमै, चेन्नईको लगातार तेस्रो हार

२०८१ चैत  २३ गते १९:३१ २०८१ चैत २३ गते १९:३१
आईपीएलमा दिल्लीको अपराजित यात्रा कायमै, चेन्नईको लगातार तेस्रो हार

२३ चैत, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई २५ हराउँदै दिल्लीले लगातार तेस्रो जित निकालेको हो ।

दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनायो । विजय शंकरले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी ६९ रनमा अविजित रहे । एमएस धोनी २५ रनमा अविजित रहे ।

दिल्लीका लागि विपराज निगमले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले १-१ विकेट  लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । ओपनर केएल राहुलले सर्वाधिक ७७ रन बनाएका थिए । ५१ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

अभिषेक पोरेलले ३३ रन बनाउँदा ट्रिस्टन स्टब्स २४ रनमा अविजित रहे । चेन्नईका खलील अहमदले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । रविन्द्र जडेजा, नूर अहमद र मथिसा पथिरानाले १-१ विकेट लिए ।

यस जितसँगै ३ खेलमा ६ अंक जोडेको दिल्ली अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ । अब यसपछि हुने खेलमा पञ्जाब विजयी भएमा फेरि शीर्षमा आउन सक्नेछ ।

चेन्नई भने ४ खेलमा २ अंक मात्र जोड्दै आठौं स्थानमा छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय