
२३ चैत, काठमाडौं । सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4