२३ चैत, काठमाडौं । नेपाली तेक्वान्दो रेफ्री काजल श्रेष्ठले अमेरिकाको टेक्कासमा भएको डालास इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२५ मा रेफ्रीको भूमिका निर्वाह गरेकी छन् ।
उनी इन्टरनेशनल रेफ्रीको रुपमा अमेरिकामा प्रतियोगिता खेलाउन गएकी हुन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरुमा रेफ्री गर्दा अनुभव बढ्ने उनले बताइन् ।
१३औ दषिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी २७ वर्षीय काजल गत वर्ष तेक्वान्दोको अन्तर्राष्ट्रिय रेफ्री बनेकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रेफ्रीकव भूमिका निर्वाह गरिसकेकी छन् ।
उनी ग्योरोगी र पुम्से दुवै विधाको अन्तर्राष्ट्रिय रेफ्री हुन् ।
एक दशक लामो खेलाडी करियरपछि काजल पछिल्लो समय रेफ्रीको भूमिकामा देखिन थालेकी हुन् ।
प्रतिक्रिया 4