+

इटहरी मेयर कप क्रिकेट : भोक्रा नर्सिङ गाउँपालिका र दमक नगरपालिका विजयी

२०८१ चैत  २३ गते २१:५५ २०८१ चैत २३ गते २१:५५
इटहरी मेयर कप क्रिकेट : भोक्रा नर्सिङ गाउँपालिका र दमक नगरपालिका विजयी

२३ चैत, इटहरी । दोस्रो इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा शनिवार भोक्रा नर्सिङ गाउँपालिका र दमक नगरपालिका विजयी भएका छन् ।

पहिलो खेलमा भोक्रा नर्सिङ गाउँपालिकाले धरान उपमहानगरपालिकालाई ३१ रनले पराजित गर्‍यो । भोक्रा नर्सिङ गाउँपालिकाले १६ ओभरको खेलमा ४ विकेट गुमाएर १३२ रन बनाएको थियो ।   भोक्रा नर्सिङका लागि अविशेक शर्माले १८ बलमा ३८ रन बनाए भने अफन ताहिरले १७, रोशन  क्षेत्रीले १६, सागर मलिक र सिबन यादवले समान १९ रन बनाए ।

धरानको तर्फबाट बलिङमा सन्यम शाह र कृष्ण  यादवले १ -१ विकेट लिए ।

१३३ रनको लक्ष्य पछ्याएको धरान उपमहानगरपालिकाको लागि प्रकाश शाहले ३०, दानिश  चौधरीले २५, अभिनाश यादवले १७ रन जोडे ।

बलिङमा भोका गाउँपालिकाको लागि सौगात भट्टराईले ४ विकेट लिए । यस्तै दिपेन कामतले ३ तथा सिवान यादव र ज्ञानेन्द्र यादवले १-१ विकेट लिए । सौगात भट्टराई प्लेअर अफ दि म्याच घोषित भए ।

यस्तै दोस्रो खेलमा दमक नगरपालिकाले इटहरी उपमहानगरपालिका निलो टिमलाई २ रनले हरायो । दमकले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो । दमकका लागि सन्तोष सिंहले ४४ बलमा ३९ रन बनाए । दिब्यमदिब्यम अधिकारी र आर्ञ सुनुवारले समान १३ तथा भुपाल दङालले १२ रन बनए ।

बलिङमा इटहरी निलोका कबिराज घिमिरे एक्लैले ५ विकेट लिए । बलराम मन्डल, रिजन पान्डे र  आदित्य चौधरीले १-१ विकेट लिए ।

१२६ रनको लक्ष्य पछ्याएको इटहरी निलोले १२३ रन मात्र बनाउन सक्यो । इटलरी निकोका लागि रिजन पाण्डेले अविजित रहँदै ३० बलमा ३९ रन बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । यस्तै उमेश शाहले २०, कबिराज घिमिरेले २०, आकाश सराफले ११ रन बनाए ।

बलिङतर्फ दमकका लागि भुपाल दङाल र प्रदिप पाठकले २-२ विकेट लिए । छबिलाल खड्का र दिब्यम अधिकारिले समान १ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका इटहरी निलोका कबिराज घिमिरे प्लेअर अफ दि म्याच घोषित भए ।

इटहरी मेयर कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय