+
+
Shares
टेलिभिजन :

‘भ्वाइस अफ नेपाल’को स्टेजमा दिकिलाको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २३ गते २२:२५

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’मा अहिले नकआउट राउण्ड चलिरहेको छ । शनिबार रातीको पछिल्लो एपिसोड पनि निकै रोचक रह्यो, जसमा दर्शकले एक सरप्राइज ‘क्यामियो’ देख्न पाए ।

दावा शेर्पाले प्रस्तुति दिइरहँदा दिकिला शेर्पा भ्वाइसको स्टेजमा प्रवेश गरिन्, जुन कसैले पनि सोचेको थिएन । स्टेजमा पुगेर उनले दावासँगै प्रस्तुति मात्र दिइनन्, उनको भोट गर्न अपिल गरिन् ।

दावाले स्टेजमा एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’मा प्रस्तुति दिइरहेका थिए । यो गीतको म्युजिक भिडियोमा पनि दिकिलाको अभिनय छ । यो गीत यसवर्ष युट्युब म्युजिकको ट्रेन्डिङमा पनि थियो ।

दावाले यो गीत गाइरहँदा मंचमा दिकिला पुगिन् । दावाले लिरिक्स नै बिर्सिए । दिकिलाले हतोत्साही नहुन र गायनलाई निरन्तरता दिन आग्रह गरिन् । दावाले फेरि सुरुदेखि गीत गाए र दिकिलाले उनको गीतमा प्रस्तुति दिइन् ।

भारतको चर्चित रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’को सिजन ५ बाट चर्चामा आएकी दिकिला अहिले नेपालमा छिन् । उनको डेब्यु फिल्म ‘कुस्ती’को छायांकन चलिरहेको छ । छायांकन सेटबाटै उनी भ्वाइसको स्टेजमा पुगेर दावाको समर्थनमा प्रस्तुत भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?