+

रियल भ्यालेन्सियासँग पराजित, बार्सिलोनालाई ४ अंकको अग्रता

२०८१ चैत  २४ गते ९:३१ २०८१ चैत २४ गते ९:३१
रियल भ्यालेन्सियासँग पराजित, बार्सिलोनालाई ४ अंकको अग्रता

२४ चैत, काठमाडौं । स्पेनिस ला लिगाको शीर्ष टोलीहरुले पछिल्लो खेलमा जित हात पार्न सकेनन् । तर त्यसको फाइदा भने लिग लिडर बार्सिलोनालाई मिलेको छ ।

सुरुमा दोस्रो स्थानको रियल मड्रिड भ्यालेन्सियासँग पराजित भयो । त्यसपछि बार्सिलोनाले रियल बेटिससँग बराबरी खेल्यो ।

रियल पराजित भएको अवस्थामा बेटिसलाई हराउँदै ६ अंकको अग्रता बनाउने अवसर बार्सिलोनालाई थियो । तर बेटिससँग १-१ को बराबरीमा रोकियो । बराबरी खेलेपनि बार्सिलोनाले शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ ।

बार्सिलोनाको ३० खेलबाट ६७ अंक भएको छ । समान खेलबाट रियलको ६३ अंक छ ।

ओलम्पिक लुइ कम्पनिज स्टेडियममा भएको खेलमा फेरान टोरेसले सातौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर जिओभानी लो सेल्सोले १७औं मिनेटमै बेटिसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवैतर्फबाट गोल भए ।

त्यसअघि ह्युगो डुरोले इन्जुरी टाइममा गोल गर्दा भ्यालेन्सियाले रियललाई २-१ ले पराजित गरेको थियो । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलको १५औं मिनेटमै मोउक्तर डिएखाबीले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए ।

तर ५०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई खेलमा फर्काए । बराबरीतर्फ अग्रसर खेलेको अन्तिम समयमा डुरोले गोल गरेपछि भ्यालेन्सियाले ३ अंक जोडेको हो । भ्यालेन्सिया ३४ अंक जोडेर १५औं स्थानमा उक्लेको छ ।

स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय