+

बाह्रखरी गल्फको उपाधि दोर्जेलाई, जिते सुनको बल

२०८१ चैत  २४ गते ७:३९ २०८१ चैत २४ गते ७:३९
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई, जिते सुनको बल

२४ चैत, काठमाडौं । ‘एनसेल बाह्रखरी गल्फ’को आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् । विजेता दोर्जेले सुनको बल पुरस्कार जितेका छन् ।

काठमाडौंस्थित गोकर्ण गल्फ कोर्समा शनिवार भएको प्रतियोगिताका च्याम्पियन दोर्जेले ४४ अंक जोडेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगितामा दोर्जेले फ्रन्ट नाइटमा २५ अंक जोडेका थिए भने ब्याक नाइनमा १९ अंक जोडेको थिए ।

राजेन्द्र श्रेष्ठ ४३ अंक जोडेर दोस्रो भए  । प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३५ अंक जोडेर सिनियरतर्फ पहिलो भए ।

महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी रानाले जितिन् । उनले २३ अंक जोडेकी थिइन् । यस्तै, उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन् ।

बेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । सात बर्डी प्रहार गर्दै नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जिते । क्लोजेस्ट टू द पिनको उपाधि पनि होजाङस्टाङले जिते । दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए ।

लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरको समेत सहभागिता थियो । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी थिए ।

प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्दै बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले आफूहरूले गल्फ क्षेत्रसँग सम्बन्धित विविध पक्षलाई समेटेर पर्यटनमा सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले खेलकुद क्षेत्र, कर्पोरेट क्षेत्र र आर्थिक क्षेत्रलाई कसरी जोड्ने भनेर बाह्रखरी गल्फ र सिम्फोजियम भनेर विगत आठ वर्षदेखि आयोजना गर्दै आएका छौं ।’

उनले भने, ‘विगतमा हामीले सगरमाथा क्षेत्रमा चार हजार ४५० मिटरमा गएर पर्यटनलाई टेवा पुर्‍याउने, नेपालको प्रचार प्रसार गर्नेदेखि लिएर पोखराको पर्यटन एकदम न्यून भएको अवस्थामा समेत पोखराको पर्यटनलाई अघि बढाउन आर्थिक परिसंवादमार्फत गल्फसँग सम्बन्धित क्षेत्रका कर्पोरेटलगाायत राजनितिक क्षेत्रलाई समेटेर आयोजना गर्दै आएका छौं ।’

उनले सिम्फोजियम र गल्फ प्रतियोगिताले मानिसहरूमा पर्यटन, अर्थ र गल्फको समेतको चेतना बढाउन सकेको बताए । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रदय घिमिरेले गल्फ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राजनीतिक, आर्थिक र पर्यटन क्षेत्रलाई समेट्न सकेको भन्दै प्रतियोगिताको प्रशंसा गरे । ।

बाह्रखरी गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय