+
+
Shares

नारायणगढमा चैत २९ गतेदेखि ‘मेड इन नेपाल एक्स्पो’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १०:०८

२४ चैत, चितवन । नेपाली उत्पादन तथा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनको नारायणगढमा मेड इन नेपाला एक्स्पो हुने भएको छ । यही चैत २९ गतेदेखि बैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा एक्स्पो गर्न लागिएको आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले जनाएको छ ।

एक्स्पोसँगै फुड फेस्टिबलसमेत हुने आयोजकले जनाएको छ । नेपाली उत्पादनको बजारलाई अझै फराकिलो बनाउन तथा नेपाली युवाहरुलाई व्यावसायिक सीपको विकास गर्न एक्स्पोले सहयोग गर्ने विश्वास छ ।

एक्स्पोमा नेपालमा उत्पादन हुने खाद्य सामग्रीदेखि विलासी सामग्रीसम्मको अवलोकन गर्न पाइनेछ । नेपालमा पनि राम्रा गुणस्तरीय सामग्रीहरुको उत्पादन हुँदोरहेछ भन्ने जानकारी दिनका लागि पनि एक्स्पो महत्वपूर्ण हुने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।

उनकाअनुसार एक्स्पोमा स्वदेशी स्वादिष्ट अचार, मह, स्वदेशी कपडा, टोपी, ब्याग, जुत्ता, हार्डवेयरका विभिन्न उत्पादनहरु रहनेछन् । एक्प्सोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी, तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी हुनेछन् । एक्स्पोमा एक सय भन्दा बढी स्टलहरु रहने मञ्चका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

पूर्व अध्यक्ष अधिकारीले नेपालमा केही पनि हुँदैन, केही पनि बन्दैन, सबै कुरा विदेशमा नै निर्भर हुनुपर्छ भन्ने भाष्य व्याप्त रहेको भन्दै सत्य त्यस्तो होइन भन्ने जानकारी दिनका लागि पनि एक्स्पो आयोजना गरिएको बताए । ‘नेपाली उद्यमीहरुले पनि निकै मेहिनेत गरेर देश भित्र नै गुणस्तरीय सामग्रीहरु उत्पादन गरिरहेको तथ्य देखाउनका लागि एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने, ‘देश भित्रै बसेर पनि केही गर्न सकिन्छ सन्देश प्रवाह गर्नु एक्स्पोको मुल उद्देश्य हो ।’

नेपाली उत्पादन, युवा व्यवसायशीलता र सांस्कृतिक पहिचानको उत्सवको रुपमा आयोजना हुने एक्स्पोमा दैनिक राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहनेछ । विहान १० बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो चल्ने छ । हरेक दिन साँझ ५ बजेदेखि ९ बजेसम्म फुड फेस्टिबल हुनेछ ।

एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सांगीतिक कन्सर्टका लागि भने ३ सय ५ सय रुपैयाँको टिकट काट्नुपर्ने आयोजकले जनाएको छ ।

एक्स्पोले चितवनको पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?