
२४ चैत, काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ ।
अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो ।
अखिल क्रान्तिकारी नेता ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको छ ।
यता भक्तपुर प्रहरीले भने घटनाबारे जानकारी नभएको बताएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले घुटपिटबारे कुनै जानकारी प्रहरीमा नआएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4