
२४ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँ घटेको छ ।
यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८७० मा कारोबार भएको चाँदी आज १८०० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4