२४ चैत, काठमाडौं । काठमाडौंमा जारी नेपाल यू-१९ र अफगानिस्तान यू-१९ बीचको यूथ ओडिआई शृंखलाअन्तर्गत दोस्रो खेल जित्न नेपालले मध्यम लक्ष्य पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू-१९ ले ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएर नेपाललाई १६९ रनको लक्ष्य दिएको हो ।
कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । नवौँ नम्बरमा ब्याटिङ गरेका रुहुल्लाह अरबले २७ रन बनाए । ओपनर खालिद अहमदजाइ १९ रनमा आउट भए ।
पहिलो खेलमा ३०० रन खर्चेको नेपालका बलरले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन । नेपालका लागि सन्तोष यादवले किफायती बलिङ गर्दै १० ओभरमा २३ रन दिएर सर्वाधिक ३ विकेट लिए । सिब्रिन श्रेष्ठ र बिपिन प्रसाद शर्माले २-२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १-१ विकेट लिए ।
अफगानिस्तानले निरन्तर विकेट गुमाइरहँदा कप्तान महबुबले संयमित पारी खेल्दै टोलीको इनिङ सम्हालेका थिए ।
नेपाल पहिलो खेलमा १३० रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4