+
+
Shares
संगीत :

‘रकयात्रा २’मा गुञ्जियो ‘१९७४ एडी’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १३:१८

काठमाडौं । लोकप्रिय नेपाली लोक-रक ब्याण्ड ‘१९७४ एडी’ आफ्नो चर्चित ‘रकयात्रा टूर’को दोस्रो संस्करणमा गुञ्जिएको छ । शनिबार बेलुका ब्याण्डले बौद्धस्थित हायातको मैदानमा आफ्नो चर्चित गीतमा प्रस्तुति दियो ।

२३ वर्षअघि दशरथ रंगशालामा ‘रकयात्रा’को पहिलो संस्करण प्रस्तुत गरेको थियो । यसबीच छिन्नभिन्न भएको ब्याण्ड पुनः एकीकृत हुँदै ‘रकयात्रा’मा निस्किएको हो । ‘रकयात्रा २’ टूरको अन्तिम संस्करण भन्दै समूहले प्रचार गरेको थियो ।

यो लोकप्रिय ब्याण्डलाई सुन्न शनिबार बेलुका हायातको चौरमा १० हजार दर्शक सहभागी रहेको दाबी गरिएको छ । ‘यो मन त मेरो नेपाली हो’, ‘मुट भरि’, ‘रातो र चन्द्रसूर्य’, ‘छुँदैन तिम्रो माया’ले जस्ता हिट गीतमा दर्शक झुमे ।

३ घण्टा लामो प्रस्तुतिमा ब्याण्डले आफ्ना प्रेमिल, रक र हृदयस्पर्शी गीतमा दर्शकलाई मनोरञ्जन दियो । यसवर्ष यो ब्याण्डले स्थापनाको ३० औं वर्षगाँठ मनाइरहेको छ । गायन मात्र होइन, ब्याण्डले बाजाको उचित संयोजनमार्फत संगीत पस्कने प्रयत्न गर्‍यो ।

यति मात्र होइन परेलीमा लुकाइ राखन, च्याङ्बा एन्ड द रिभोलुसन, बाँधेर राख तिम्रै, चौबन्दी, गुराँसै फुल्यो, सम्झी बस्छुजस्ता हिट गीतमा पनि ब्याण्डले प्रस्तुति दियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि नाटकमा रमाइरहेका देखिए ।

‘१९७४ एडी’ ब्याण्डको वर्तमान लाइनअपमा एड्रिन प्रधान (भोकल र ड्रम्स), फिरोज स्याङ्देन (भोकल्स र गिटार), निराकार याकथुम्बा (बास र पृष्ठ गायन), मनोजकुमार केसी (गितार, किबोर्ड), सञ्जय श्रेष्ठ (पर्कुसन-ड्रम्स’, मनोज सिंह (बाँसुरीबादक) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?