+
+
Shares

कुलमानको पुनर्बहाली माग्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत २४ गते १४:३८

२४ चैत, काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा आइतबार प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए  भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

सहभागीहरू  तामाङ पोशास, नेवारी पोशाक, डम्फू र झाक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए ।

कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।

११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयको विरुद्धमा घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई तत्काल पुनर्स्थापना गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको नाममा आह्वान भएको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था सहभागी छन् ।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले २२ चैतमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?