+
+
Shares

साउथ स्टार श्रीनिवास र प्रज्ञा जैसवालले गरे गोदावरीमा फिल्म छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १४:५३
काठमाडौंमा अभिनेता श्रीनिवास (दायाँ) ।

काठमाडौं । अहिले ललितपुरको गोदावरीमा साउथ इण्डियन फिल्म ‘टाइसन नायडु’को छायांकन चलिरहेको छ । पोखरादेखि सुरु भएको छायांकन चन्द्रागिरीपछि गोदावरीमा भएको हो ।

३ दिने छायांकन आइतबार सकिने निर्माण व्यवस्थापक पुष्कर लामाले बताए । केदार भुसालको फिल्कर आर्ट्सले यो फिल्मको नेपाल ब्यवस्थापन हेरिरहेको छ ।

छायांकनको लागि साउथ स्टार साई श्रीनिवास बेल्लमकोन्डा, प्रज्ञा जैसवालसहित ५० जना कलाकार र प्राविधिकको टोली काठमाडौंमा छ । केही दिनअघि चन्द्रागिरीमा छायांकन हुँदा अभिनेता श्रीनिवासले केही नेपाली युट्युबरसँग कुरा गरेका थिए ।

उक्त कुराकानीमा उनले नेपालीको माया र सत्कारको प्रशंसा गर्दै धन्यवाद दिए । उनले भने, ‘म नेपाल आउन चाहेर पनि सकेको थिइँन । कामकै सिलसिलामा यो मेरो पहिलो भ्रमण भए पनि यहाँ पाएको माया र सत्कार अद्भूत छ ।’

यो फिल्मको कथा नेपालसँग जोडिएकाले आफूहरू आएर छायांकन गरेको श्रीनिवासले बताए । ‘यो फिल्मले नेपाली कलाकारलाई दक्षिण भारतीय फिल्मसँग जोड्नेछ’ उनले भने ।

यो एक्सन फिल्मको चर्चा केही पहिलेदेखि चलिरहेको छ । श्रीनिवासले आफूलाई नेपाली खाना र परिकार मन परेको बताए । पशुपतिनाथको दर्शन गरेर मात्र स्वदेश फर्किने उनले बताए ।

‘मलाई यहाँको हिमाल हेर्न मन छ, सगरमाथा पुग्न मन छ तर अहिले सम्भव छैन । यहाँका खानाले समेत मलाई मोहित बनाएको छ’, उनले भने । श्रीनिवासले सन् २०१४ मा ‘अल्लुडु सीनु’ नामक तेलुगु फिल्ममार्फत फिल्म करिअर थालेका थिए ।

यो फिल्ममा विजय लामासहितका केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?