+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दुई पुस्ताका सुपरस्टारलाई लिएर ३ भाषामा फिल्म ‘द महावीर’ बन्ने

असार २६ देखि छायांकन हुने

यो फिल्ममा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धीरज मगर, आँचल शर्मा, मिरुना मगर, सुशिल श्रेष्ठले अभिनय गर्ने चर्चा छ । यसको पुष्टि भैसकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १६:३४
कार्यकारी निर्माताको रुपमा वरिष्ठ संगीतकार सुरेश अधिकारी र थिम पोस्टर ।

काठमाडौं । फिल्म ‘द महावीर’ निर्माण हुने भएको छ । थिम पोस्टर सार्वजनिक गर्दै निर्माताले नेपाली, हिन्दी र अंग्रेजी भाषामा फिल्म बनाउने जनाएका हुन् ।

‘उठ लडाइ जित’ बटमलाइन तय गरिएको फिल्मको थिम पोस्टरमा युद्ध मैदानलाई चित्रण गरिएको छ । पोस्टरले यो फिल्म कुनै ऐतिहासिक युद्धबारे आधारित हुनसक्ने अड्कल काट्न सकिन्छ ।

मल्टिस्टारर र नेपाली फिल्मका चर्चित कलाकारलाई लिएर बनाउने भनिएको यो फिल्मलाई जिबी आग्रीले निर्देशन गर्नेछन् । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा जोडिएका छन् ।

असार २६ गतेदेखि छायांकन सुरु हुनेछ । काठमाडौं वरपर छायांकन गरिने फिल्ममा पहिले र अहिलेका सुपरस्टारलाई सामेल गर्ने भनिएको छ । ‘स्टोरीको मागअनुसार पहिले र अहिलेका सुपरस्टार यसमा हुनेछन्’ उनले भने ।

पटकथा कृष्ण बिके र आग्रीले लेखेका छन् । लक्षरा फिल्सको प्रस्तुति रहने फिल्ममा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा हुनेछन् । सहनिर्मातामा रम्भा देवी र लक्ष्मण बिके हुनेछन् ।

सरण रिसी छायांकार हुनेछन् । हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्ममा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ । फिल्मको कास्ट र प्रदर्शन मितिबारे जानकारी गराइएको छैन ।

निर्देशक जिबी आग्रीले भने, ‘हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ । हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।’

यो फिल्ममा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धीरज मगर, आँचल शर्मा, मिरुना मगर, सुशिल श्रेष्ठले अभिनय गर्ने चर्चा छ । यसको पुष्टि भैसकेको छैन । निर्देशक आग्री म्युजिक भिडियो निर्देशकको रुपमा चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?