+
+
Shares

नेपाली उद्यमीका लागि मेलबर्नमा बिजनेस अनलक्ड कार्यक्रम

कार्यक्रममा राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) सँग सम्बन्धित व्यवसायको सम्भावना बारे विस्ततृतमा जानकारी दिइने आयोजकले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १७:४२

२४ चैत, मेलबर्न। अस्ट्रेलियामा रहेका नेपाली उद्यमीहरूलाई व्यवसायका सम्भावना बारे जानकारी दिन मेलबर्नमा एनडीआईएस बिजनेस अनलक्ड कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्गता बीमा योजना (एनडीआईएस) सँग सम्बन्धित व्यवसायको सम्भावना बारे विस्ततृतमा जानकारी दिइने आयोजकले जानकारी दिएको छ ।

फिन्ये अस्ट्रेलिया (फेडेरेसन अफ इन्टरनेशनल नेपाली युथ एन्टरप्रेनर्स) को आयोजनामा कार्यक्रम आउँदो ११ अप्रिल २०२५ मा साँझ ६ बजे मेलबर्नको ब्याट्सम्यान्स हिल अन कोलिन्समा आयोजना गरिएको छ ।

कार्यक्रम एनडीआईएस व्यवसाय सुरु गर्न इच्छुक, हाल सञ्चालन गरिरहेका सेवा प्रदायक तथा एसडीए क्षेत्रमा लगानी गर्न चाहने नेपाली उद्यमीहरूका लागि लक्षित गरिएको आयोजकले जनाएको छ ।

फिन्ये अस्ट्रेलियाका अध्यक्ष सुजन चालिसेले एनडीआईएस क्षेत्रमा सफल व्यवसाय सञ्चालनका लागि सही नीति, नियम, वित्तीय योजना र डिजिटल मार्केटिङको ज्ञान आवश्यक हुने भएकाले यस्तो कार्यक्रम अपरिहार्य भएको बताए।

कार्यक्रममा इन्फिनाइट एबिलिटी बेलबर्नका बासुदेव मरहट्टा, नर्स एड साउथ अष्ट्रेलियाकी सीईओ उषा गुरुङ, डाइरेक्ट केयर असिस्टेन्स बेलबर्नका फाउन्डर सविना सिवाकोटी, सीएसटी एकेडेमी पर्थका संस्थापक भुवन खड्का वक्ता रहेका छन् ।

त्यस्तै, मेटाकेयर हब पर्थका कमल सिवाकोटी, बुटिक मोर्टेज एण्ड फाइनान्स सिड्नीका सञ्जुक्ता अधिकारी, तस्मानियाका मोर्टेज ब्रोकर रोशन भट्टराई, इक्वाएल एक्सेस ग्रुपका निर्देशक ब्रुस ब्राउन, केबीए ग्लोबल फाउन्डर शम्भु कँडेल र १६ वर्षीय युवा व्यवसायी साम कँडेल लगायतका वक्ता रहेका आयोजकले जनाएको छ ।

वक्ताहरूले एनडीआईएस व्यवसाय सुरु गर्दा आवश्यक प्रक्रिया, नियम, अनुगमन, बजार रणनीति र वित्तीय योजनाका विविध पक्षबारे अनुभव आदान–प्रदान गर्नेछन्। साथै, एसडीए निर्माण र लगानीसम्बन्धी विशेष सत्र पनि रहनेछ।

कार्यक्रममा सहभागीले अस्ट्रेलियन सरकारको लेबर एग्रिमेन्ट तथा डामा एग्रिमेन्टले कसरी कर्मचारी नियुक्ति र स्पोन्सरशिपमा कसरी सहयोग पुर्‍याउँछ भन्नेबारे पनि जानकारी पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?