+
+
Shares

प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १८:३१

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले यहाँका लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्ग लक्षित गरी ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ ।

यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंकको गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ।

कार्यक्रममा रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहकलाई अझ सशक्त सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्‍याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा उनले जोड दिए ।

एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

यसले विशेष गरी लघु, साना तथा मझौला उद्यमलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने छ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायत आवश्यकताका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।

एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी मार्फत बैंकले व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया, वित्तीय परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?