+
+
Shares

देउवाले भेटे तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १८:४४
Photo Credit : News Agency Nepal

२४ चैत्र, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।

सभापति देउवाले आइतबार दिउँसो रजकको डल्लुस्थित निवासमा पुगेर परिवारसँग भेट गरेका हुन् । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङको क्रममा त्यहाँस्थित एक निजी घरमा जलेको अवस्थामा उनको शव भेटिएको थियो ।

सभापति देउवाले रजक मृत्युको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?