+
+
Shares

सामसङको नयाँ ‘ग्यालेक्सी एम१६ फाइभ जी’ नेपाली बजारमा, मूल्य कति ?

फोनमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसले अझ जीवन्त र स्पष्ट दृश्य अनुभव प्रदान गर्ने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १९:०३

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजको ‘ग्यालेक्सी एम १६ फाइभ जी’ मोबाइल फोन सार्वजनिक गरेको छ । विशेषगरी युवापुस्ता लक्षित गर्दै ‘मन्स्टर’ स्तरका फिचर समावेश गरी ग्यालेक्सी एम १६ ल्याइएको हो ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले नयाँ डिजाइन सहितको ग्यालेक्सी एम१६ फाइभ जी स्टाइल र परफर्मेन्स दुवैमा सुधार ल्याउन तयार गरिएको र यो सेग्मेन्ट एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकाले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको बताए ।

फोनमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले दिइएको छ, जसले अझ जीवन्त र स्पष्ट दृश्य अनुभव प्रदान गर्ने जनाइएको छ ।

यसमा भएको एडाप्टिभ हाई ब्राइटनेस मोडले घाममा पनि सजिलै सामग्री हेर्न सकिने छ । सामाजिक सञ्जाल हेर्न रुचाउने जेनजी र मिलेनियल्सका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एम १६ नयाँ लिनियर ग्रुप क्यामरा मोड्युल र आकर्षक कलर प्यालेट सहित स्लिक डिजाइन दिइएको छ । फोनको मोटाइ केवल ७.९ एमएम भएकाले यो हातमा निकै सजिलो र स्टाइलिस देखिने छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी ६३०० प्रोसेसर प्रयोग गरिएको छ । यसमा ५० मेगापिक्सेल मुख्य क्यामरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड लेन्स र २ मेगापिक्सेल म्याक्रो क्यामरा छ । अगाडितर्फ १३ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ ।

फोनमा ५००० एमएएच ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, २५ वाट फास्ट चार्जिङ सपोर्ट पनि छ । सामसङले ग्यालेक्सी एम १६ मा ६ पुस्तासम्मको अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट दिने जनाएको छ । साथै, सामसङ नक्स भल्ट सुरक्षा प्रणालीले हार्डवेयर र सफ्टवेयर हमला दुवैबाट सुरक्षा प्रदान गर्ने छ ।

त्यस्तै भ्वाइस फोकस फिचरले फोन कलका बेला वरिपरिको आवाज घटाएर कुराकानी थप स्पष्ट बनाउने छ । ग्यालेक्सी एम १६ फाइभ जी फोन अब नेपालका सबै अधिकृत सामसङ स्टोरमा उपलब्ध छ । फोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ, जसको मूल्य २६ हजार ९ य ९९ रूपैयाँ तोकिएको छ ।

यो फोन मासिक १ हजार ३ सय ५० रुपैयाँ ईएमआईमा खरिद गर्न सकिने छ । साथै, पुरानो फोन साटेर नयाँ ग्यालेक्सी एम १६ फाइभ जी लिन सबको फोन र अर्को स्टोरबाट एक्सचेन्ज सेवा पनि उपलब्ध रहेको ग्राहकलाई जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?