+
+
Shares

मोरङमा निर्वाचन निषेध गरेर एकीकृत समाजवादीको नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते २०:०५

२४ चैत, विराटनगर। नेकपा एमालेबाट विभाजन भएर बनेको पार्टी नेकपा (एकीकृत समाजवादी) नेतृत्वले प्रतिस्पर्धा रोक्दा मोरङ जिल्ला अधिवेशन ६ दिनमा सकिएको छ । गत मंगलबार सुरु ९ औं जिल्ला अधिवेशन बुधबार सक्ने तयारी थियो ।

नयाँ नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन हुन सकेन, निर्वाचन गर्न नेताहरुले रोके । निर्वाचन रोकिएपछि प्रतिनिधि घर फर्किएपछि आइतबार जिल्ला नेतृत्व चयन भएको हो ।

नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य महेश रेग्मीका अनुसार चन्द्रवीर राईको नेतृत्वमा जिल्ला कमिटी गठन भएको छ । राई यसअघि पनि अध्यक्ष थिए । एक जना पदाधिकारी र १४ सदस्य छनोट गर्न बाँकी छ । जिल्ला कमिटी बैठकले पदाधिकारी र सदस्य मनोनित गर्ने उनले बताए ।

जिल्ला अधिवेशनमा नेतृत्वका आकाक्षी बढी भएपछि प्रतिनिधिले निर्वाचन माग गरेका थिए । तर उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरी, महेश रेग्मीलगायतका नेताले निर्वाचन गर्न दिएनन्, प्रतिनिधि घर फर्किएपछि आइतबार जिल्ला कमिटी गठन गरेका हुन् ।

जिल्ला अध्यक्षमा चन्द्रबीर राईसँगै दीपक ढकाल र उद्धव पोखरेल दाबेदार थिए । राई नै अध्यक्ष बन्दा ढकाल उपाध्यक्ष बनेका छन्,पोखरेलले अस्वीकार गरेपछि एउटा उपाध्यक्ष खाली राखिएको हो ।

जिल्ला कमिटीको सचिवमा तुलसी ढकाल चयन भएका छन् । भूपाल बस्नेत, ढक बहादुर राई र सुभद्रा राईलाई उपसचिव बनाइएको छ । पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ ।

जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्ने थियो । ७७ सदस्य मात्रै चयन गरेको छ ।

एमालेबाट विभाजन भएपछि बनेको नेकपा एसले पहिलो अधिवेशन हो, तर एमालेकै संख्या गणना गरेका कारण नेताहरुले यसलाई नवौं जिल्ला अधिवेशन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?