+
+
Shares

पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते २०:३८
फाइल तस्वीर

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् ।

स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९ गते बसेको पदाधिकारी बैठकले उहाँलाई उपाध्यक्ष मनोनीत गरिएको हो’, ती स्रोतले भने ।

दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुने गरेका थिए । उनलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?