
२४ चैत्र, गोरखा । लार्के पास गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले बताए ।
डीएसपी सुवेदीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो ।
‘हेलिमार्फत प्रहरी घटनास्थल जाने तयारी भइरहेको थियो,’ डीएसपी सुवेदीले भने, ‘मौसमका कारण आज हेलि उडान हुन सकेन।’
मौसम अनुकुल भएसँगै हेलि उडान हुने र प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने उनले बताए ।
घटना भएको स्थान पुग्न धर्मशाला (लार्के पासको रुटको अन्तिम बस्ती)बाट ३ घन्टाभन्दा बढी लाग्ने स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4