+

एनएसएल २०२५ : झापाको पहिलो गोल, तेस्रो बराबरी

२०८१ चैत  २४ गते २२:३१ २०८१ चैत २४ गते २२:३१
एनएसएल २०२५ : झापाको पहिलो गोल, तेस्रो बराबरी

२४ चैत, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा पहिलो गोल गर्दा लगातार तेस्रो बराबरी खेलेको छ ।

अल्हाजी गेरोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि झापाले एफसी चितवनसँग १-१ को बराबरी खेल्दै अंक खोस्न सफल भएको छ ।

दुवै अपराजित टिमबीचको भिड्नतमा टोरिक जेबरिनले लगातार दोस्रो खेलमा गोल गर्दै चितवनलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । जेबरिनको यो लगातार दोस्रो गोल हो । सुमित श्रेष्ठले बायाबाट दिएको पासमा कप्तान अन्जनले हानेको बल झापाका छिरिङ लामालाई डिफ्लेक्ट भएपछि बक्समा शिशिर लेखीले बल भेट्टाए । शिशिरले दिएको पासमा जेबरिनले बाया खुट्टाले उत्कृष्ट फिनिसिङ गरे ।

निर्धारित समयमसम्म अग्रता कायम राख्दै जित नजिक पुगेको चितवनले इन्जुरी टाइममा पेनाल्टीमा गोल खायो ।

चितवनका निरज चौधरीले आरोन थापालाई पेनाल्टी बक्समा लडाएपछि झापाले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टी पाएको थियो । त्यसमा नाइजेरियन खेलाडी गेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

झापाले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्दै चितवनसँग अंक खोस्न सफल भएको छ । दुवै टोलीले अपराजित यात्रा कायम राखेका छन् । तर क्लिनसिट राख्न सकेनन् ।

दुवै टिमले जारी लिगमा पहिलो पटक गोल व्यहोरेका हुन् । चितवन ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ ।  लगातार तीन बराबरी खेलेको झापाको खातामा ३ अंक छ ।

अन्तिम समयमा जितबाट बन्चित भएपछि चितवनका प्रशिक्षक नविन न्यौपानेले मुखमा आएको अंक खोसिएको बताए । ‘टप म्याच भयो । मुखमा आइसकेको घुटुक्क निल्न नसकेको जस्तो भयो ।’ उनले भने ।

एक दिनको ग्यापमा खेल्नुपर्दा केही कठिन भएको उनको भनाई थियो ।

यस्तै झापाका प्रशिक्षक प्रवेश कटुवालले पनि ३ अंकका लागि खेलेको तर बराबरीमै चित्त बुझाउनुपरेको बताए । ‘लेट गोल भयो । तीन खेलमा एक गोल मात्र भाछ त्यो पनि पेनाल्टीमा । त्यो समस्या भइराछ ।’ कटुवालले तीन खेल नै बराबरी हुँदा गाह्रो भएको तर शीर्ष स्थानको ६िमसँग अंक दूरी धेरै नभएकोले धेरै समस्या नहुने बताए ।

एनएसएल ३.०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय