+
+
Shares

जनमत र नाउपाले बनाए विधान प्रतिस्थापन समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १२:३३

२५ चैत, काठमाडौं । जनमत र नागरिक उन्मुक्ति (नाउपा) एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् ।

जनमत र नाउपाबाट ३/३ जना हुने गरी प्रतिस्थापन समिति बनाइएको छ । जनमतबाट संयोजक कमल चुडाल हुने गरी शैलेन्द्र अम्बेडकर र अरविन्दकुमार सिंह सदस्य तोकिएको छ ।

नाउपाबाट संयोजक दामोदर पण्डित, सरोज बुढाथोकी र गीता चौधरी रहेको सदस्य बनेका छन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने भएको छ । दुई दलबाट ५०/५० प्रतिशत संख्या हुने गरी केन्द्रीय समिति बनाउने मोटामोटी सहमति जुटिसकेको छ ।

१५ वैशाखभित्र एकता गर्ने गरी दुई दलले आइतबार सहमति गरेका छन् । बर्दियामा भएको दुई दलको वार्ताले एकता टुंगो लगाएको हो । एकीकृत पार्टीमा ‘नागरिक जनमत पार्टी’को कार्यकारी अध्यक्ष डा.सीके राउत हुनेछन् ।

पार्टीको संरक्षक रेशम चौधरी हुने गरी सहमति गरिएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ एकीकृत दलमा सह अध्यक्ष बन्नेछिन् । पार्टीको वरियतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?