+
+
Shares

आलुको मूल्य कति छ ?

कालीमाटी बजार विकास समितिको तथ्यांक केलाउँदा २/३ महिनादेखि आलुको मूल्य घटेको देख्न सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १२:३७

२५ चैत, काठमाडौं । बजारमा आलुको मूल्य एक सातादेखि स्थिर छ । कालीमाटी बजार विकास समितिको तथ्यांकले चैतमा आलुको मूल्य प्रतिकिलोमा २/३ रुपैयाँ घटेको देखाउँछ ।

आपूर्ति बढेको हुँदा आलुको मूल्य घटेको व्यवसायीहरू बताउँछन् । १९ चैतमा रातो आलु प्रतिकिलो ३२ रुपैयाँ र भारतीय रातो आलु ३९ रुपैयाँमा किनबेच भएको थियो ।

कालीमाटी बजार विकास समितिको तथ्यांक केलाउँदा २/३ महिनादेखि आलुको मूल्य घटेको देख्न सकिन्छ । उक्त समय बजारमा आलुको प्रतिकिलो होलसेल मूल्य ५५ देखि ६० रुपैयाँ थियो। अहिले भने मूल्य घटेर न्यूनतम ३० देखि अधिकतम ४० रुपैयाँमा आएको छ ।

आज सोमबार कालीमाटी बजारमा रातो आलुको मूल्य प्रतिकिलो ३२ रुपैयाँ र भारतीय रातो आलुको मूल्य ३७ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?