+
+
Shares

सरकार प्रमुखबाटै शिक्षकसँग वार्ताको पहल गर्न कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १३:२२

२५ चैत, काठमाडौं। नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ ।

कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसि्ह महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल गरिदिनु आग्रह गेको हो ।

‘…नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।’

शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको छ ।

सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने माग महासंघको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?