
२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।
वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ । ढुंगाना विगत चार वर्षदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रुपमा कार्यरत छिन् ।
त्यसअघि उनले केन्द्रीय बैंकको कार्यकारी निर्देशक, निर्देशकलगायत पदमा २७ वर्ष सेवा गरेकी छन् । उनले भारतको मेवाड विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधी गरेकी छन् ।
राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।
कांग्रेस र एमालेबीच राजनीतिक सहमति नजुटेपछि तत्काल नयाँ गभर्नर नियुक्ति नहुने भएको छ । त्यही भएर अर्थमन्त्री पौडेलले ढुंगानालाई गभर्नरको जिम्मेवारी सुम्पेको अर्थ स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
प्रतिक्रिया 4