
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबको मूभी सेक्सनतर्फ शीर्ष ट्रेन्डिङमा समावेश भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरलाई अहिलेसम्म २१ लाखभन्दा धेरै पटक हेरिएको छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया लगायतको अभिनय छ ।
टीका पहारी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको पनि अभिनय छ । बालकलाकारमा आर्नव घिमिरे, प्रयुषदत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकीको पनि अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन छ । आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको एक्सन कोरियोग्राफी छ ।
प्रतिक्रिया 4