+
+
Shares

मिस नेपाल जितेको २५ वर्षपछि फिल्ममा उषा खड्गी

'नरसिंहा अवतार'को पात्र पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १५:२५

काठमाडौं । मिस नेपाल जितेको २५ वर्षपछि उषा खड्गीले फिल्ममा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ ९ जेठदेखि प्रदर्शन तयारीमा छ ।

निर्माताले सोमबार खड्गीको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेका छन् । निर्देशक दिवाकर भट्टराईले उषा फिल्ममा महत्वपूर्ण र सशक्त भूमिकामा देखिएको बताए ।

‘उहाँ स्टाइलिस रोलमा हुनुहुन्छ’ भट्टराईले भने । पोस्टरमा उषा मुस्कुराएकी छन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ । यो फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् ।

फिल्ममा उनी राजेश हमालको जोडीको रुपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् । म्युजिक भिडियोमा भने उनले हमालसँग काम गरिसकेकी छन् ।

फिल्ममा हमालसँग स्क्रिन सेयर गर्न पाउँदा निकै खुसी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उनको भनाइ छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिशा भट्टराई, दीपा शाही लगायतका कलाकारको अभिनय छ । यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?