+
+
Shares

कारागारबाट रविको सन्देश- पहिलो विद्यार्थी म भएँ, पालो सबैको आउँछ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १६:११

२५ चैत, काठमाडौं । कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उनीनिकट नेताहरूले सार्वजनिक गरेका हुन् ।

‘अदालतको आदेशको सम्मान छ । कानुनले दिएको अधिकार प्रयोग गर्छु,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’

उनले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सँगै अघि भनेका छन्, ‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।’

उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन् ।

‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।

उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् ।

‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?