+
+
Shares
२०८१ लाई फर्केर हेर्दा :

यी हुन् २०८१ सालमा युट्युबमा धेरै हेरिएका १० नेपाली गीत (सूचीसहित)

लोक, आधुनिक, पप र फिल्मका गीतले लोभलाग्दो भ्यूज पाए । जसले दर्शकीय रुचि संगीतको विविधतामा देखिएको छ । कलाकारको सिर्जनशीलता, भिडियोको आकर्षण र संगीतमा आएको नयाँपनले गर्दा युट्युबमा गीतको लोकप्रियता बढेको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १८:३०

काठमाडौं । २०८१ साल नेपाली संगीतको लागि फलदायी रह्यो । विभिन्न जनराका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गीतले नेपालको युट्युब ट्रेन्डिङमा वर्चस्व जमाए । नेपाली संगीत घरभित्रै मात्र होइन, विदेशमा समेत ट्रेन्डिङमा चले ।

लोक, आधुनिक, पप र फिल्मका गीतले लोभलाग्दो भ्यूज पाए । जसले दर्शकीय रुचि संगीतको विविधतामा देखिएको छ । कलाकारको सिर्जनशीलता, भिडियोको आकर्षण र संगीतमा आएको नयाँपनले गर्दा युट्युबमा गीतको लोकप्रियता बढेको देखिन्छ ।

यसवर्ष एसडी योगीको गीत ‘रुकुम मैकोट’ हुँदै सुशान्त केसीको गीत ‘बार्दली’ लगायतका गीतले ग्लोबल ट्रेन्डिङमा कीर्तिमान रचे । यसवर्ष युट्युब प्लाटफर्ममा सबैभन्दा धेरै हेरिने नेपाली गीतको शीर्षस्थानमा ‘रुकुम मैकोट’ छ । २०८१ साल (अप्रिल १३ देखि २०२५ अप्रिल १३ सम्म) युट्युबमा सर्वाधिक हेरिएका शीर्ष १० को सूची यस्तो छ ।

१) रुकुम मैकोट – १२ करोड भ्यूज

फिल्म ‘खुस्मा’मा समावेश गीतमा एसडी योगीको संगीत र स्वर छ । गायनमा योगीलाई शान्तिश्री परियारले साथ दिएकी छन् । यसवर्ष यो गीत युट्युबको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’ सूचीमा यो गीत ७३औं स्थानमा प्रवेश गरेको थियो ।

२) म त ढलेँ ढलेँ- ७ करोड ७० लाख भ्यूज

नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत रहेको यो गीतमा शान्ता रानी परियारको स्वोर छ। गत तीजमा निकालिएको यो गीत दशैं पछि अत्याधिक हिट भएको थियो।

३) बार्दली- ७ करोड १० लाख भ्यूज

सुशान्त केसीको शब्द, संगीत र स्वर रहेको गीतको गायनमा उनलाई इन्द्रकला राईले पनि साथ दिएकी छन् । यसवर्ष यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङको ९३औं स्थानमा पुगेको थियो । गीतको भिडियोमा सुशान्तसँगै इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठ लगायतको अभिनय छ ।

४) दुश्मन हेरेको हेर्‍यै- ५ करोड ६० लाख भ्यूज

दुर्गेश आफैँको शब्द र संगीत रहेको गीतमा आनन्द कार्की, दुर्गेश, एलिना चौहान र समीक्षा अधिकारीको स्वर छ । यसवर्ष विश्वभरका १०० म्युजिक भिडियोको सूचीमा यो गीत ७७औं स्थानमा पुगेको थियो ।

५) ब्रेकअप सङ् – ४ करोड १० लाख भ्यूज

फिल्म ‘छक्का पन्जा ५’मा समावेश यो गीतमा बाबुल गिरिको शब्द ,संगीत र स्वर छ । फिल्मसँगै यो गीतले यसवर्ष राम्रो चर्चा प्राप्त गर्‍यो ।

६) रैया चाँदीको- ३ करोड ९० लाख भ्यूज

सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’मा समावेश यो गीतमा नवराज पन्तको शब्द र आशिष अविरलको संगीत छ । गीतमा मेलिना राई र आशिषले स्वर भरेका छन् ।

७) मायालाई पानको पात- ३ करोड ५० लाख भ्यूज

नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगीत रहेको यो गीतमा खेम र दीपिका बयम्बु मगरको स्वर छ । ३ महिना अघि रिलिज भएको तमा पल शाह र अन्जना पुनको अभिनय छ ।

८) स्पर्श संगीत- ३ करोड ३० लाख भ्यूज

 पूर्ण राईको शब्द, संगीत र स्वर रहेको यो गीत यसवर्ष धेरै रुचाइएको गीत हो । पूर्ण राईको यसवर्षको सुपरहिट गीत पनि हो ।

९) ए आमा जाम भन्यो मलाई- ३ करोड २० लाख भ्यूज

रीता थापामगरको स्वर रहेको यो गीतमा एकनारायण भण्डारीको शब्द छ । यस गीतको भिडियोमा प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय छ ।

१०) रेशम- २ करोड ७० लाख भ्यूज

प्रकाश दूतराजको शब्द, संगीत रहेको यो गीतमा प्रकाश र मेलिना राईको स्वर छ । गीतको भिडियोमा प्रकाश र बिमला लिम्बुको अभिनय छ ।

२०८१ सालका यी लोकप्रिय गीतले नेपाली संगीतको स्तर र विविधता प्रदर्शन गरेका छन् । यी गीतबाहेक अन्य गीतले पनि यस वर्ष राम्रो चर्चा पाए । बाबुकृष्ण परियारको गीत ‘कश्मिरे पछ्यौरी’ २०८० सालमा रिलिज भएता पनि यसवर्ष ग्लोबल ट्रेन्डिङमा प्रवेश गर्‍यो ।

अहिलेसम्म यो गीतलाई युट्युबमा ८ करोड ११ लाख पटक भन्दा धेरै पटक हेरिएको छ । सालको अन्तिमतिर रिलिज भएको केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ले पनि राम्रो राम्रो चर्चा पायो । यो गीतलाई अहिले सम्म ४ करोड ४० लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?