+
+
Shares

हर्कले भेटे खानेपानीमन्त्री, पाए पिउने पानीको समस्या समाधान हुने आश्वासन

‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा मसहित सिंगो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्ने तर्फ हामी लागि रहेका छौं । समस्या समाधान गछौं,’ मन्त्री यादवले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १८:५३

२५ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षौंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन् ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा सोमबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘धरानका नागरिकको खानेपानीको समस्याका विषयमा मसहित सिंगो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन समाधान गर्ने तर्फ हामी लागि रहेका छौं । समस्या समाधान गछौं,’ मन्त्री यादवले भने ।

मन्त्री यादवले धरानको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा धरानमा खानेपानीका लागि बजेट विनियोजन गरिदनि माग राखेर मन्त्री यादवलाई मेयर हर्क नेतृत्व टोलीले मागपत्र बुझाएको थियो ।

गर्मी मौसम सुरु भएसँगै धरानका नागरिकले खानेपानीको ठूलो समस्या भोग्नु परेको भन्दै स्थायी समाधानका लागि बजेट विनियोजनको माग गरिएको मेयर साम्पाङले बताए ।

‘पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा पानीको समस्या समाधनका लागि बजेट माग गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?