२५ चैत, काठमाडौं । सोमबार दिनभर काठमाडौंको आकाश धुम्म बन्यो । उपत्यका आसपासका क्षेत्रमा दिनभर अँध्यारोजस्तै बन्न पुग्यो ।
केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ । काठमाडौंका मानिसहरूलाई घरबाहिर निस्कन मुस्किल पर्यो । आँखा पोल्ने, चिलाउने, घाँटी दुख्ने, खसखसाउने लगायतका समस्या देखिनेगरी भएको प्रदूषणले चिन्तित सर्वसाधारणमा सोमबारको मौसमले चिन्ता थपेको थियो ।
हाई क्लाउड र स्थानीय वायुका कारण आज काठमाडौं उपत्यका दिनभर नै धुम्मिएर बसेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ हरिप्रसाद दाहाल बताउँछन् ।
‘आज काठमाडौं उपत्यकाको आकाशमा हाई क्लाउड छ । त्यसमा पनि पोलुसन छ,’ उनले भने, ‘जसका कारण आकाश धुम्मिएको हो । भोलि मंगलबारदेखि भने काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।’
विभागका अनुसार सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
हेर्नुस् सोमबार दिउँसो काठमाडौंको दृश्य :
प्रतिक्रिया 4