+
+
Shares

असोजको बाढी पहिरोको क्षतिको डीडीए एक महिनाभित्र गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते २१:५५

२५ चैत, काठमाडौं । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले गत असोजमा गएको बाढी, पहिरोबाट भएको क्षतिको डीडीए एक महिनाभित्र गरिसक्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको परिषद्को बैठकका निर्णय सुनाउँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा गत असोज १०,११ र १२ को जुन मनसुनजन्य विपद्को क्षतिको आकलन चैत्र २८ र २९ गते फिल्डमै हुने बताए ।

६ हजार जति घरको क्षतिको विवरण आएको र त्यसको डीडीए एक महिनाभित्रमा सम्पन्न गर्नेगरी टोली परिचालन गर्ने निर्णय भएको उनले बताए ।

‘गत असोज १०,११ र १२ को जुन मनसुनजन्य विपद् थियो, त्यसको काम पनि अघि बढ्न सकेको थिएन । क्षतिको आकलन फिल्डमै गराउने २८ र २९ गते,’ उनले भने, ‘६ हजार जति घरको क्षतिको विवरण आएको छ । त्यसको डीडीए एक महिनाभित्रमा सम्पन्न गर्नेगरी टोली परिचालन गर्दैछौँ ।’

त्यसको लागि यूएनबाट ६ जना प्राविधिकहरू र १२ जना प्राविधिक स्थानीय तहबाट प्राप्त भएको जानकारी गराए ।

त्यस्तै, जाजरकोटको भूकम्प र डोटी, बझाङको भूकम्पको विस्तृत क्षति आकलनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग पनि सहकार्य गर्ने कुरा अघि बढाइएको उनले बताए ।

प्रदूषण कम गर्न स्थानीय तहमा सचेतना फैल्याउने, नियन्त्रण गर्न जनशक्ति परिचालन गर्न तीन तहकै सरकारलाई निर्देशन दिने निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?