+
+
Shares

तीनकुने घटनाका मृतक परिवारलाई भेटेर बालेनले दिए सहयोगको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ९:००

२६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोग समेत गर्ने आश्वासन दिएका छन् ।

उनले आइतबार महर्जनको निवास कीर्तिपुर र रजकको निवास डल्लु पुगेर दुवै परिवारका सदस्यहरुलाई भेटेका थिए । सोही क्रममा पीडित परिवारमा समवेदना व्यक्त गर्दै सहयोगको आश्वासन दिएका हुन् ।

चैत १५ गते राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीको गोली लागेर महर्जनले र घरमा आगजनीमा परी रजकले ज्यान गुमाएका थिए ।

सो घटनाप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

‘राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ । सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,’ मेयर शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?