+
+
Shares

तीन दिनमा सुनको भाउ करिब ७ हजार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ११:३९

२६ चैत, काठमाडौं । तीन दिनमा सुनको भाउ प्रतितोला ६ हजार ९ सय रुपैयाँ घटेको छ । आज मंगलबार थप ४ सय रुपैयाँ मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । चाँदीको भाउ करिब स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?