+
+
Shares
संगीत :

फिल्म गायनमा जोन राईको डेब्यु, ‘जेरी अन टप’लाई गाए गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १२:२८

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरि चर्चित गायकले फिल्मी गायनमा डेब्यु गरिरहेका छन् । बालेन, सुशान्त केसी, मिस्टर डी, दुर्गेश थापाले फिल्मको गीत रेकर्ड गरिसके ।

यो मेसोमा पछिल्लो पुस्ताका चर्चित गायक जोन राई जोडिएका छन् । युट्युब र स्पोटीफाईमा निकै सुनिएका र पछ्याइएका जोन पछिल्लो दर्शकीय पुस्ताका ढुकढुकी हुन्, जो विशिष्ट गायन शैलीले परिचित छन् ।

यस्तोमा, जोनले अनमोल केसी स्टारर ‘जेरी अन टप’मा एक गीत गाएका छन् । ‘सिचुएसनल सङ’ बताइएको यो गीतको रेकर्ड एक महिनाअघि नै जोनले गरिसकेको निर्माता सरोज न्यौपानेले बताए ।

आफैले गीत रेकर्ड गरेर जोनले दिएको सरोजले बताए । यो सहित अब फिल्ममा ५ गीत हुनेछन् । एकपछि अर्को हिट गायक संलग्न भएको र गीतको छायांकनमा पनि ठूलै लगानी भएकाले पनि ‘जेरी अन टप’को संगीत पक्ष अब्बल हुने अनुमान गर्न सकिन्छ । अझै २ गीतको छायांकन बाँकी छ ।

‘हामीले गीत बनाउन र सुटिङको लागि राम्रै खर्च गरेका छौं’ न्यौपानेले भने । फिल्मको दृश्य छायांकन भने गतसाता सकिएको जनाइएको छ । अहिलेसम्म ६ करोड खर्च भएको दावी मेकरको छ ।

जोनअघि यो फिल्मको संगीतमा कालिप्रसाद बाँसकोटा, जयन जे वाइवा, एसडी योगी, ब्रिजेश श्रेष्ठ संलग्न भैसकेका छन् । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोलसहित केदार घिमिरे, आँचल शर्मा लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?