+
+
Shares

राष्ट्र बैंकले लिएको नीतिमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १२:४९
फाइल तस्वीर

२६ चैत, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको नीतिबारे राजनीतिक हस्तक्षेप नहुने बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा पौडेलले अटो क्षेत्रमा लिइएका नीति राष्ट्र बैंक आफैंले लिएको बताएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका पौडेलले राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा ऋण मूल्य अनुपात सीमा घटाएकोमा अटो व्यवसायी असन्तुष्ट रहेको सरकारलाई जानकारी भएको बताए ।

‘जहाँको ८०/६० को विषय छ । यो नीति ढुंगाको अक्षर होइन, छलफल गरेर मिलाउन सकिन्छ,’ उनले भने ।

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले आवधिक निर्णय गर्ने र सोही क्रममा स्वायत्त संस्थाका हिसाबले नीति ल्याउने बताए ।

‘यहाँ राजनीतिक हस्तक्षेप हुने गरेको हुँदैन । यसमा राष्ट्र बैंकलाई अटो व्यवसायीले कन्भिन्स गर्नुपर्छ, कि अटो व्यवसायीलाई राष्ट्र बैंकले, तब न निष्कर्षमा पुगिन्छ,’ पौडेलले भने ।

अटो मोबाइलको भूमिका देशको अर्थतन्त्रमा ठूलो रहेको भन्दै उनले एक समय व्यापारबाट सुरु भएको अटो क्षेत्र अहिले निर्माण क्षेत्रमा पनि पुगेको बताए ।

‘अब सीमाभित्र मात्र नभई सीमा बाहिर पनि हाम्रो उत्पादन लैजान सक्नुपर्छ । विश्व बजारमा हाम्रो दायरा पुर्‍याउन आवश्यक छ,’ पौडेलले भने ।

‘अर्थतन्त्र रिफर्म गर्दैछौं’

सरकार अहिले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी अध्यादेश ल्याएर अहिले कानुन निर्माण गरी कार्यान्वयनमा गर्न थालिसकेको अर्थमन्त्री पौडेलले बताए ।

लगानीमैत्री वातावरण भएकाले अटो क्षेत्रले लगानी बढाउन समेत आग्रह गरेको छ । आवश्यकता अनुसार अर्थतन्त्र ‘रिफर्म’ गर्दै जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?