+
+
Shares

वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्‍बाट पारित भइसकेको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ११:१०

२६ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषद्‍बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित भएको जानकारी  दिएका छन् ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको उनले बताएका हुन् ।

मंगलाबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए ।

अर्थमन्त्री पौडेलका अनुसार सरकारले छिटै उक्त विधेयक संसद्‍मा प्रस्तुत गर्नेछ । विधेयक संसद्‍बाट छिटोभन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उनको भनाइ छ ।

विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्तालाई सार्वजनिक पूर्वाधरमा लगानीका लागि आकर्षित गर्न सकिने उनले बताए ।

विधेयकले पूर्वाधार विकासमा रहेको स्रोत व्यवस्थापनको चुनौतीलाई समेत समाधान गर्न सहज हुने बताए ।

उनले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा स्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?