+

वाकस बर्कातले ५ वर्षपछि हङकङको टोलीमा पुनरागमन गर्दै

२०८१ चैत  २६ गते १३:३६ २०८१ चैत २६ गते १३:३६
वाकस बर्कातले ५ वर्षपछि हङकङको टोलीमा पुनरागमन गर्दै

२६ चैत, काठमाडौं । बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो ।

टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्।

वाकस बर्कात ५ वर्षपछि हङकङको टोलीमा फर्किएका हुन् । सन् २०१४ मा भएको टी२० विश्वकप पनि खेलेका ३५ वर्षीय बर्कात यस शृंखलाका लागि टोलीमा फर्किएका हुन् ।

उनले पछिल्लोपटक सन् २०२० मार्चमा मलेसियासँग खेलेपछि हङकङको टोलीबाट खेलेका छैनन् ।

टोलीमा रहेका बाबर हायात, अन्शुमन राथ, निजाकात खान, एइजाज खान र एहसान खान नेपालका लागि पनि परिचित नाम हुन् ।

यस शृंखलामा आयोजक हङकङसँगै नेपाल, कुवेत र कतार सहभागी हुनेछन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली हङकङ पुगिसकेको छ ।

वाकस बर्कात हङकङ क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय