+
+
Shares

राप्रपाको सभालाई क-कसले गर्दैछन् सम्बोधन ?

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम सञ्चालन भने महामन्त्री राजेन्द्र गुरुङले गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १३:४३

२६ चैत, काठमाडौं। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा आयोजना गरेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम सञ्चालन भने महामन्त्री राजेन्द्र गुरुङले गर्नेछन् ।

कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुग्नेक्रम जारी छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो, नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा बोेकेका छन् ।

राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिँदै छ ।

राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ । यद्यपि सभालाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?