+
+
Shares
हलिउड :

‘मिसन इम्पोसिबल’ ट्रेलर : के टम क्रुजले संसारलाई जोगाउलान् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १४:१८

काठमाडौं । के टम क्रुजले संसारलाई जोगाउलान् ?

‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’को ट्रेलरले यस्तै भन्छ । यसवर्ष हलिउडको बहुप्रतीक्षित फिल्मको ट्रेलर अन्ततः सार्वजनिक भएको छ ।

यो फिल्मबाट सुस्ताएको हलिउडको ब्यापारले पुनर्जीवन पाउने आशा छ । किनभने, कोभिडपछि थलिएको हलिउडलाई अभिनेता क्रुजकै ‘टपगन माभेरिक’ले पुनर्जीवन दिएको थियो ।

यो फिल्ममा क्रुजलाई आइएमएफ एजेन्ट इथान हन्टको रूपमा अन्तिम पटक देख्न सकिन्छ । ‘द फाइनल रेकनिङ’लाई ‘मिसन इम्पोसिबल’ श्रृंखलाको अन्तिम फिल्म मानिएको छ ।

ट्रेलरले कथावस्तुबारे धेरै कुरा खुलासा गरेको छ । यो फिल्मको कथा पनि अमेरिका र रुसबीचको तनावको विषयमा आधारित छ । सन् २०२३ मा रिलिज भएको अघिल्लो श्रृंखला ‘डेड रेकोनिङ’मा इथन हन्ट नामक पात्र शक्तिशाली एआई कार्यक्रम ‘द इन्टिटी’लाई रोक्न लागिपर्ने संघर्षमा केन्द्रित थियो ।

क्रूजले ‘द फाइनल रेकनिङ’मा फ्यानले अपेक्षा गर्न सक्ने किसिमको रोमाञ्चक एक्सनको बारेमा पहिले नै चर्चा गरिसकेका छन्, जसमा पानीमुनि पनडुब्बीको दृश्य र उनी विमानबाट झुन्डिएको दृश्य समावेश छ ।

‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ जेठ ९ (मे २३)मा रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?